पार्टी फुटबाट जोगाउन विशेष महाधिवेशनमा गईनँ : शेखर कोइराला

 0  18
पार्टी फुटबाट जोगाउन विशेष महाधिवेशनमा गईनँ : शेखर कोइराला

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ को निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने दाबी गरेका छन् ।

बिहीबार मोरङ-६ सुन्दरहरैंचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताएका हुन् ।

कोइरालाले आफू विशेष महाधिवेशनमा जाँदा पार्टी विभाजन हुनसक्ने भन्दै आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।

‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो,’ उनले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा. डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow