यस वर्षको एसईई परीक्षा १२ दिनपछि सर्‍यो

 0  19
यस वर्षको एसईई परीक्षा १२ दिनपछि सर्‍यो

काठमाडौं, ८ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा १२ दिनपछि सारेको छ ।

परीक्षा बोर्डले आगामी चैत १९ गतेदेखि २९ गतेसम्म एसईई परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

गत वर्ष एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यसवर्ष निर्वाचनको लागि मतपत्र छपाईका कारण परीक्षा सारिएको गरिएको बोर्डले जनाएको छ। 

यस वर्षको एसईई परीक्षामा सहभागी हुन ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow