चेतप्रसाद ढकाललाई बधाई - केपी शर्मा ओली

 0  22
चेतप्रसाद ढकाललाई बधाई - केपी शर्मा ओली

२६ श्रावण , चितवन | चितवन रत्ननगर नगरपालिका माधवपुरका चेतप्रसाद ढकालले गाई पालनबाट सफलता पाएको खबर अनलाइनखबरमा पढें । उहाँ सहित १४ जना किसान असार १० गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत हुनु भयो ।

 समाचार अनुसार उहाँले ६ वटा गोठमा १६० वटा गाई पालेर दैनिक ८०० देखि १ हजार ४०० लिटरसम्म दूध बेच्नुहुन्छ। बिहानैदेखि 'एग्रेसन' बढाउने र निराशा फैलाएर अरु नै उद्देश्य पूरा गर्न सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो, मीम र पोष्टरहरुले सार्वजनिक सञ्चार माध्यममा आएका यस्ता सफलताका कथालाई ओझेल पारेका हुन्छन् ।

 हामी जे सुन्छौ, हेर्छौ र गर्छौं - आफू पनि त्यस्तै हुँदै जान्छौं। यस्ता खबर प्रेरणाका लागि लायक हुन्छन् भने खराब सामग्री फैलाउने लतले विनाशतिर लैजान्छ।
चेतप्रसाद ढकाललाई बधाई !
सबैको जय होस् !( केपी शर्मा ओली फेसबुक पेज )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow