विश्वकै दोस्रो स्थानमा पुग्यो काठमाडौंको वायु प्रदूषण

 0  49
विश्वकै दोस्रो स्थानमा पुग्यो काठमाडौंको वायु प्रदूषण

काठमाडौं, २५ चैत । आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै दोस्रो स्थानमा पुगेको छ। सोमबार बिहान गरिएको ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ पुगेको छ। प्रदूषणको पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २६० र तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर, ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। ५१ देखि १०० सम्मको एक्यूआइलाई होसियार रहन अथवा पहेँलो सङ्केत दिइन्छ भने १०१ देखि १५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्यूआइलाई अस्वस्थकर, २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ वायु, ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० सम्मलाई अति खतरा मानिन्छ।

केही दिनयता काठमाडौंको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको चिकित्कसहरुले बताउँदै आएका छन्। लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरु बताउँछन्। अहिले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow