हैजा पुष्टि भएपछि वीरगन्ज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो

 0  20
हैजा पुष्टि भएपछि वीरगन्ज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो

वीरगन्ज, ८ भाद्र । वीरगन्ज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएर स्वास्थ्य शिक्षा दिएको जानकारी दिएको छ । हाल बढ्दो खानेपानी तथा सरसफाइको कमीबाट उत्पन्न  तथा प्रदूषित पानीको कारणले महानगरमा हैजा, ऑऊ, झाडापखाला, कमलपित्त आदि जस्ता समस्या देखिएकोले सोबाट बच्न सचेतना शिक्षा दिइएको छ ।

स्वास्थ्यकर्मीहरूले पिउने पानीको धारा शौचालय भन्दा कमसेकम ५ फिटको दूरीमा राख्ने र हैजाको किटाणु, ईकोलाईबाट टाढा बस्ने, पानीलाई  सकेसम्म उमालेर वा क्लोरिन (पियुष) मिलाएर पिउने, खाजा ,खाना खानु अगाडि हेन्ड वास ,साबुन आदि प्रयोग गरी राम्रोसँग हात मिचेर धुने जस्ता सचेतना स्थानीयलाई सिकाएको महानगरले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाको बिरामीहरू भेटिएको बताइएको छ ।

यसैबीच महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै भाद्र ८ र ९ गते (आइतबारसोमबार) दुई दिनका लागि वीरगन्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ ।

त्यस्तै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow