२४ घन्टाभित्र प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने आयोगको दाबी

 0  9
२४ घन्टाभित्र प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने आयोगको दाबी

काठमाडौं, २० फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको २४ घन्टाभित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने दाबी गरेको छ।

आयोगले आज पत्रकार सम्मेलन गर्दै मतपेटिका संकलन भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने दाबी गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जति सक्दो छिटो मतगणना सक्ने तयारी गरिएको बताउँदै भने, ‘प्रत्यक्षतर्फ मत गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्नेछौँ ।’ प्रत्यक्षतर्फको सँगसँगै समानुपातिकतर्फको मतमणना गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।

निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रलाई मतगणनाका सम्बन्धी परिपत्र जारी गरिसकेको छ। आयोगले मतगणना छिटो बनाउन प्राविधिक व्यवस्था गरेको जनाएको छ। मतगणना स्थलको सुरक्षाका लागि तारजाली र सिसिटिभी राख्ने काम सम्पन्न भएको आयोगले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow