बुधबार तोलामा ११ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

 0  16
बुधबार तोलामा ११ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि बुधबार सुन तोलामा ११ हजार रुपैयाँले सस्तो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ११ हजार रुपैयाँले घटेको हो ।

सुनसँगै आज चाँदी पनि तोलामा २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow