महासंघले व्यवसायीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
०८ बैसाख ०८३ | काठमाडौं – नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदी क्षेत्रका व्यवसायी, कालिगढ, कर्मचारी लगायतका लागि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ।
महासंघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश लकान्द्रीका अनुसार, कार्यक्रम मुख्य रूपमा नीति–नियम, राजस्व/कर, खरिद–बिक्री अभिलेख व्यवस्थापन र ज्याला–जर्ती सम्बन्धी तीनवटा विषयमा केन्द्रित रहनेछ।
प्रशिक्षण कार्यक्रम व्यवसायी र सहभागीहरूको समयअनुकूल व्यवस्थापन गरिनेछ। सहभागीहरूको आवश्यकता र माग अनुसार थप सत्रहरू पनि सञ्चालन गरिनेछन्। प्रत्येक कार्यक्रमको समयावधि करिब ३ घण्टा रहनेछ।
प्रशिक्षणमा सहभागी हुन महासंघका सदस्यहरूले प्रति व्यक्ति १५०० रुपैयाँ र अन्य सहभागीहरूले २००० रुपैयाँ शुल्क तिरेर सहभागी हुन सक्नेछन्। संकलित रकम प्रशिक्षण, खाजा–नास्ता र स्टेशनरी खर्चमा प्रयोग गरिनेछ।
संयोजक लकान्द्रीले भनेका छन्, “महासंघले आवश्यक पर्ने यस्ता तालिम–प्रशिक्षणहरू निरन्तर सञ्चालन गर्नेछ र कार्यक्रमको व्यवस्थापनको पूर्ण जिम्मेवारी लिनेछ।”
What's Your Reaction?





