९१ लाख नगदसहित भनिमण्डलमा एक जान पक्राउ

१० भाद्र ,ललितपुर | ललितपुर महानगरपालिका - ४ भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






