भारतको महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

१२ भाद्र ,काठमाडौँ । भारतको महाराष्ट्रको पालघरमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।भारतीय मिडियाहरूका अनुसार गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बताएका छन् ।
करिब ५० फ्ल्याट भएको यो चार तल्ले अवैध भवन मङ्गलबार र बुधबार राति करिब १२:०५ बजे ढलेको थियो ।प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिएका थिए । बिहीबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ भने अहिले पनि उद्धारको कार्य जारी रहेको बताइएको छ ।
What's Your Reaction?






