फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक, आयोजक मञ्च पहिलो चरणमै कला व्यवसायी संघसँग भिड्ने

 0  54
फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक, आयोजक मञ्च पहिलो चरणमै कला व्यवसायी संघसँग भिड्ने

२७ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुनचाँदी क्षेत्रसँग आबद्ध १० वटा संघ–संस्थाको सहभागिता रहनेछ।

ललितपुर महानगरपालिका–१४, नखिपोटस्थित फुटसल भिलेजमा हुने एकदिने प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगिता नकआउट प्रणालीअन्तर्गत सञ्चालन गरिने आयोजकले जनाएको छ।

सार्वजनिक गरिएको खेल तालिकाअनुसार उद्घाटन खेलमा रत्न संघ नेपाल र शिल्प व्यवसायी संघबीच प्रतिस्पर्धा हुनेछ। यस्तै आयोजक नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको टोली पहिलो चरणमै बलियो प्रतिद्वन्द्वी मानिएको कला व्यवसायी संघसँग भिड्ने भएको छ।

गत संस्करणको प्रतियोगितामा मञ्चको टोली कला व्यवसायी संघसँगको प्रतिस्पर्धामा पराजित भएको थियो। यसपटक भने मञ्चको टोली लामो समयदेखि नियमित अभ्यासमा रहेको, खेलाडीहरू पूर्ण रूपमा फिट तथा उत्कृष्ट लयमा रहेको आयोजक टोलीका कप्तान विश्वास शंकरले बताए।

“हामीले विगतका कमजोरीहरू सुधार गर्दै लामो समयदेखि व्यवस्थित तयारी गरेका छौं। टोलीका सबै खेलाडी उत्कृष्ट अवस्थामा छन् र जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न तयार छौं,” कप्तान शंकरले भने।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। खेल तालिका तथा प्रतिस्पर्धी टोलीहरूको छनोट विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथामार्फत गरिएको हो।

आयोजकका अनुसार प्रतियोगिताले सुनचाँदी व्यवसायीहरूबीच आपसी सद्भाव, सहकार्य तथा खेलकुदमार्फत सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त प्रतियोगिताको मिडिया पार्टनर रिटर्नी भ्वाइस (Returnee Voice) रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow