जुनसुकै कम्पनीको ग्यास सिलिन्डर उही मूल्यमा साटेर दिन सरकारको निर्देशन
काठमाडौं, २४ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएको अवस्थामा त्यही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
हालै आएको बाढीका कारण सिर्जना भएको ग्यास आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिन हाललाई काठमाडौं उपत्यकाभित्रका लागि यो नियम ल्याइएको मन्त्री यादवको भनाइ छ ।
मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई यो व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन समेत दिएकी छन् ।
मन्त्रालयले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्ने जिकिर गरेको छ।
What's Your Reaction?





