निगमले अबदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने

 0  19
निगमले अबदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने

काठमाडौं, २८ फागुन । उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि नेपाल आयल निगमले अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बजारमा पठाउने भएको छ।

निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाललाई आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो । पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ।

निगमले इन्डियन आयल निगम ९आईओसी० सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ। तर, भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्नेमा अहिले करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow