पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने
काठमाडौं, २६ फागुन । भारतको नयाँ दिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि ९बुधबार० भारत जाने भएका छन् ।
नयाँ दिल्लीस्थित भारत मण्डपममा यही मार्चा १२, १३ र १४ मा हुने उक्त समिटमा ‘गेस्ट अफ अनर’ को रुपमा भट्टराई सहभागी हुन लागेका हुन्। उक्त सत्रमा मार्च १४ मा भट्टराईले ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको बोल्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने छन् । आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् ।
What's Your Reaction?





