यसपटक उम्मेदवार नभएका देउवा सिंगापुर उडे
काठमाडौं, १४ फागुन । निर्वाचन आउँन अब केहि दिन मात्र बाँकी रहेका बेला कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन्।
देउवा आफ्ना सहयोगी भानु देउवासहित बुधबार राति पौने १२ बजे सिंगापुर उडेका हुन्। देउवा निकट स्रोतले उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको दाबी गरेको छ।
पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।
What's Your Reaction?





