नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा बालकुमार विश्वकर्मा ‘सुमन’ विजयी, महासचिवमा सूर्य बराल ३ मतले पराजित

 0  10
नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा बालकुमार विश्वकर्मा ‘सुमन’ विजयी, महासचिवमा सूर्य बराल ३ मतले पराजित

२४ जेठ, काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको १०औँ केन्द्रीय अधिवेशनबाट अध्यक्ष पदमा बालकुमार विश्वकर्मा ‘सुमन’ विजयी भएका छन्।

शनिबार बेलुका सम्पन्न निर्वाचनमा विश्वकर्माले आफ्ना निकटतम प्रतिस्पर्धी विष्णु भक्त बराइलीलाई पराजित गर्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्। प्राप्त मत परिणामअनुसार विश्वकर्माले १६४ मत प्राप्त गरे भने बराइलीले १०६ मत ल्याएका छन्।

त्यस्तै, तृतीय उपाध्यक्ष पदमा आकाश रिजाल विजयी भएका छन्। रिजालले १५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी केदारनाथ गहतराजले ९२ मत प्राप्त गरेका छन्।

महासचिव पदमा भने प्रेमबहादुर विश्वकर्मा विजयी भएका छन्। उनले १३५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी सूर्य बरालले १३२ मत प्राप्त गरे। बराल महासचिव पदमा मात्र ३ मतले पराजित भएका हुन्। यससँगै महासचिव पदको मत परिणाम निकै प्रतिस्पर्धात्मक देखिएको छ।

संघको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै आगामी कार्यकालमा सुनचाँदी कला व्यवसायीहरूको हकहित, संगठन विस्तार तथा व्यवसायिक समस्या समाधानमा नयाँ कार्यसमितिले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow