उपत्यकाका सुनचाँदी क्षेत्रका संघ–संस्थाबीच फुटसल प्रतियोगिता हुने

 0  55
उपत्यकाका सुनचाँदी क्षेत्रका संघ–संस्थाबीच फुटसल प्रतियोगिता हुने

२३ जेठ , काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको आयोजनामा उपत्यकाका सुनचाँदी क्षेत्रका विभिन्न संघ–संस्थाबीच रोचक फुटसल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता आगामी ३० जेठ, शनिवार हाँडीगाउँस्थित धनवन्तरी फुटसल ग्राउण्डमा आयोजना हुने मञ्चले जनाएको छ। सुनचाँदी व्यवसायीहरूबीच आपसी सम्बन्ध, एकता, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा उपत्यकाभित्रका सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहने बताइएको छ। आयोजकका अनुसार खेलकुदमार्फत व्यवसायीहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।

मञ्चले सम्पूर्ण सम्बन्धित संघ–संस्था, व्यवसायी तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूलाई उत्साह प्रदान गरिदिन आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow