हर्क साम्पाङले सुनसरी-१ बाटै चुनाव लड्ने
काठमाडौं, २३ पुस । धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
साम्पाङले धरान उपमहानगर रहेको क्षेत्रबाटै प्रतिनिधिसभाको चुनाव लड्ने जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको घोषणा गर्दै साम्पाङले लेखेका छन्,“म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !”
What's Your Reaction?





