भेनेजुएलाका राष्ट्रपति पक्राउको असर सुनचाँदी क्षेत्रमा, तीव्र रुपले मूल्य वृद्धि

 0  25
भेनेजुएलाका राष्ट्रपति पक्राउको असर सुनचाँदी क्षेत्रमा, तीव्र रुपले मूल्य वृद्धि

काठमाडौं, २२ पुस । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेपछि विश्व बजारमा भूराजनीतिक जोखिम बढ्दा सुनचाँदीको मूल्य तीव्र रुपले वृद्धि भइरहेको छ।

सुनको मूल्य करिब २.४% बढेर प्रतिऔंस ४,४३३ डलर पुगेको छ भने चाँदी ४.९% उकालो लागेको छ। अनिश्चित समयमा लगानीकर्ताहरूले सुरक्षित सम्पत्ति जस्तै सुनचाँदीतर्फ ध्यान दिने भएकाले मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा पनि यसको प्रभाव परिरहेको छ । मंगलबार सुनको मूल्य  तोलामा ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ हजार १ सय रुपैयाँले बढेको हो ।

सुनसँगै अहिले चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९५ रुपैयाँले  बढेर ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow