आयोगद्वारा ओलीको स्थान हद फुकुवा

 0  18
आयोगद्वारा ओलीको स्थान हद फुकुवा

काठमाडौं, २१ पुस । जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले लगाएको स्थान हद फुकुवा गरेको छ । 

आइतबार ओलीसँग बयान लिएको जाँचबुझ आयोगले आज सोमबारको बैठकमार्फत ओलीको स्थान हद फुकुवा गरेको हो । ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।

जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका काम कारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले स्थानहद फुकुवा गरिदिएको जनाएको छ ।

आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा साढे २ घण्टा बयान दिएका ओलीले आफ्नो निवास भक्तपुरको गुण्डु आएका आयोगका सदस्यलाई आइतबार नै लिखित स्टेटमेन्ट बुझाएका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow