ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौं, २८ मंसिर। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुन तोलामा १२०० रुपैयाँले सस्तिएको छ ।
बिहीबार १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँ घटेर १८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
What's Your Reaction?





