रेड कर्नर नोटिसपछि थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी

 0  11
रेड कर्नर नोटिसपछि थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी

१७ जेठ ०८३,ललितपुर । टिकटकर तथा ‘तुलसा अधिकारी’ नामले चिनिँदै आएकी तुलसी अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनी थाइल्यान्डमा पक्राउ परेकी हुन्।

पछिल्लो समय चीनमा बस्दै आएकी अधिकारी त्यहाँबाट थाइल्यान्ड पुगेपछि इन्टरपोलको समन्वयमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउपछि उनलाई नेपाल ल्याई हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गर्ने तयारी गरिएको छ।

प्रहरीले उनीविरुद्ध केही समयअघि नै मुद्दा दर्ता गरिसकेको थियो। उनीमाथि आपराधिक लाभ र ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ।

अधिकारीको पक्राउसँगै यस प्रकरणमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow