राप्रपा अध्यक्ष लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं, ७ वैशाख । सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्लेकार्ड देखाउँदै प्रदर्शन गर्न थालेका थिए। पार्टीको काम भन्दै आईतबार राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले पर्चासहित प्रदर्शन गर्न थालेका थिए ।
प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराउदा पनि नसुनेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्दनेसहितका नेताहरु माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पाएनन् । अन्य प्रदर्शनकारीहरुले भने ‘हाम्रा नेता रिहा गर’, ‘हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाएका छन् ।
What's Your Reaction?






