एक लाख युवा राजधानीमा भेला हुँदै

 0  67
एक लाख युवा राजधानीमा भेला हुँदै

काठमाडौं, ७ वैशाख । वर्तमान राजनीतिक परिस्थिति र जनसङ्गठनको भूमिका सन्दर्भमा राजधानीमा एक भेलाको आयोजना गरिएको छ । तुलसीलाल अमात्य भवन च्यासल ललितपुरमा आयोजित सो भेलालाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्दै वर्तमान अवस्थामा पार्टी चौतर्फी रुपमा घेराबन्दीमा परेकोले यस्तो बेलामा जनसङ्गठनहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै पार्टीद्वारा आयोजति यही वैशाख ११ गते राजधानीमा हुने युवा सेलिब्रेसनमा युवाहरूलाई सहभागिता गराउन जनसङ्गठनहरूले ब्यापक पहल गर्नु पर्ने बताए ।

नेकपा एमाले पार्टीको जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको सो भेलामा एमालेका विभिन्न जनसङ्गठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । रिटर्नी फेडेरेसन नेपालको तर्फबाट इन्चार्ज डा कृष्ण केसी,अध्यक्ष बिनोद भट्टराई, महासचिव खेम कार्की, उपमहासचिव नवराज श्रेष्ठ, सचिव ज्ञानु खवास एवं प्रचार विभाग प्रमुख हेम राईको सहभागिता रहेको थियो।

वैशाख ११ गते हुने युवा सेलिब्रेसनमा करिब ३०० जना रिटर्नीहरुको उपस्थिति रहने अध्यक्ष बिनोद भट्टराईले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow