आभूषण क्षेत्रका समस्या समाधान गर्न अर्थमन्त्रीसमक्ष महासंघहरूको ध्यानाकर्षण

 0  8
आभूषण क्षेत्रका समस्या समाधान गर्न अर्थमन्त्रीसमक्ष महासंघहरूको ध्यानाकर्षण

 ५असार,काठमाडौं । सुनचाँदी, हिरा, जवाहरात तथा आभूषण व्यवसायसँग सम्बन्धित नीतिगत सुधारको माग गर्दै व्यवसायी महासंघहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूसमक्ष संयुक्त सुझावपत्र पेश गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सम्पन्न संवाद कार्यक्रममा व्यवसायी प्रतिनिधिहरूले बजेट २०८३/०८४ मा प्रस्तावित व्यवस्थाहरूको समीक्षा गर्दै उद्योग तथा व्यापार विस्तारका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन्।

महासंघहरूले सुन तथा चाँदीमा लगाइएको भन्सार महसुल, हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको भ्याट, आयात–निर्यात प्रक्रियाका जटिलता तथा स्वदेशी कालिगढहरूको संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाएका थिए। साथै, अर्थ मन्त्रालयसँग यसअघि भएको १२ बुँदे सहमतिलाई शीघ्र कार्यान्वयन गर्न समेत आग्रह गरिएको छ।

कार्यक्रममा अर्थतन्त्र सुधार, निजी क्षेत्रको भूमिका तथा लगानी प्रवर्द्धनका विषयमा समेत खुला संवाद भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow