आज तोला मै ४ हजार ९ सयले बढ्यो सुनको मूल्य
काठमाडौं, २५ कात्तिक । मंगलबार पनि सुनको मूल्य प्रतितोला ४ हजार नौ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँमा किनबेच भईरहेको छ ।
सोमबार २ हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार ५ सय रूपैयाँमा किनबेच भएको सुन मंगलबार ४ हजार नौ सय रूपैयाँले बढेको हो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला एक सय पाँच रूपैयाँले मूल्य बढेर चाँदी तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
What's Your Reaction?





