सुनचाँदीको मूल्य घट्यो

२८ श्रावण , काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन तोलाको १३ सयले घटेर एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९८ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।
What's Your Reaction?






