सीप प्रवर्द्धन शुल्क, कर प्रणाली तथा संस्थागत प्रशिक्षण कार्यक्रम आयोजना हुँदै
०६ श्रावण, काठमाडौं। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सीप प्रवर्द्धन शुल्क, कर प्रणाली तथा संस्थागत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
मञ्चद्वारा जारी सूचनाअनुसार उक्त कार्यक्रममा सम्पूर्ण व्यवसायी सदस्य, कर्मचारी, सहयोगी तथा आबद्ध कालिगढहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ। कार्यक्रममार्फत व्यवसायीहरूलाई सीप प्रवर्द्धन शुल्क, कर प्रणाली तथा संस्थागत व्यवस्थापनसम्बन्धी आवश्यक जानकारी र प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
कार्यक्रम ०९ श्रावण, शनिबार बिहान ९:०० बजेदेखि ए–वन क्याफे, शंखमूलमा सञ्चालन हुनेछ।
मञ्चले यस प्रशिक्षणमा सम्बन्धित सबै व्यवसायी, कर्मचारी, सहयोगी तथा कालिगढहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
What's Your Reaction?





