ज्वेलरी व्यवस्थापन सफ्टवेयरबारे अन्तरक्रिया कार्यक्रम साउन ७ गते काठमाडौंमा हुँदै

 0  16
ज्वेलरी व्यवस्थापन सफ्टवेयरबारे अन्तरक्रिया कार्यक्रम साउन ७ गते काठमाडौंमा हुँदै

०६ श्रावण, काठमाडौं। नेपालका सुनचाँदी आभूषण व्यवसायीहरूका लागि विकास गरिएको ज्वेलरी व्यवस्थापन सफ्टवेयर DipArtha सम्बन्धी अन्तरक्रिया कार्यक्रम आगामी ७ साउन मा काठमाडौंमा आयोजना हुने भएको छ।

स्वर्डफिस टेक्नोलोजी प्रा.लि.सँगको सहकार्यमा आयोजना हुन लागेको उक्त कार्यक्रममार्फत सुनचाँदी व्यवसायलाई डिजिटल प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आधुनिक व्यवस्थापन प्रणालीबारे जानकारी तथा अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा ज्वेलरी व्यवसायको डिजिटल रूपान्तरण, आधुनिक लेखा प्रणाली, स्टक व्यवस्थापन, कर व्यवस्थापन, बारकोड तथा बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन, सुरक्षा तथा व्यवसायिक दक्षता अभिवृद्धि लगायतका विषयमा विस्तृत अन्तरक्रिया गरिनेछ।

आयोजकका अनुसार उक्त कार्यक्रमले सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरण अभियानलाई थप गति दिने विश्वास लिइएको छ। स्वर्डफिस टेक्नोलोजी प्रा.लि.का प्रबन्ध निर्देशक किसान सुनारका अनुसार DipArtha सफ्टवेयरले सुनचाँदी व्यवसायको दैनिक सञ्चालनलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow