जेनजी प्रदर्शन : गोेली लागेर इटहरीमा पनि २ जनाको मृत्यु
विराटनगर, २३ भदौै । जेनजी इटहरीमा गरेको भ्रष्टाचारविरुद्ध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो।
आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।
What's Your Reaction?





