अब घरजग्गा खरिद बिक्री गर्दा बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने
काठमाडौं, २१ जेठ । सरकारले घरजग्गा खरिद बिक्री गर्दा अब जग्गा किन्ने र बेच्ने दुवै पक्षको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पास हुने व्यवस्था गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै घरजग्गा खरिद बिक्री गर्दा अब बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्न निर्देशन दिएको हो।
पत्रमा भनिएको छ, 'घर जग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्था (मालपोत) ले खरिदकर्ता बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने भएको छ। किन्ने र बेच्ने दुवै पक्षको बैंकमा ग्राहक पहिचान फारम पनि भरिएको हुनुपर्छ।'
विभागले २०८२ जेठ १३ मा जारी गरेको सुचनाअनुसार, एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंक लाइ जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ । १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। त्यसैगरी १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट तोकिएको राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्ने प्रावधान गरिएको छ। त्यस्तै एकै दिनमा एकै पटकमा वा पटक पटक गरी एउटै खरिदकर्ता वा बिक्रीकर्ताले तीन करोड रूपैयाँ माथिको कारोबार गरेमा समेत विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा दिनुपर्ने व्यवस्था गरिएको छ।
What's Your Reaction?





