शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध, प्रशासनद्वारा ‘कर्फ्यू’ आदेश जारी

 0  8
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध, प्रशासनद्वारा ‘कर्फ्यू’ आदेश जारी

बारा, ३ मंसिर । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपासका क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहरूको झडप भइरहेकाले अहिले मध्यह्न साढे १२ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

बारामा नेकपा एमालेका युवा संगठनको आयोजनामा हुन लागेको एक कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि विरोध प्रदर्शन हुँदा ‘कर्फ्यू’ आदेश जारी गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरमा हुन लागेको युवा जागरण अभियानमा प्रमुख अतिथिको रुपमा पोखरेल र बस्नेत आउन लागेपछि सिमरामा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

युवाहरुको विरोध प्रदर्शनपछि स्थानीय प्रशासनले ‘कर्फ्यू’ आदेश जारी गरेको हो । प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू आदेश जारी गरको हो । अहिले सिमरा विमानस्थलमा अवतरण हुने सबै उडान रद्ध गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow