आजदेखि निगमको टेकु कार्यालयबाट ग्यास लिन सकिने
काठमाडौं, २८ माघ । डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै नेपाल आयल निगमले टेकुस्थित कार्यालय परिसरबाट सिँधै ग्यास बिक्री वितरण सुरु गरेको छ ।
बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि निगमले टेकु कार्यालय परिसरमै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको हो। निगमले सम्बन्धित ग्यास उद्योगहरूसँग समन्वय गरेर टेकु परिसरमा नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका छुट्टाछुट्टै काउन्टर राखेर उपभोक्ताहरुलाई उपलब्ध गराउन थालिसकेको छ ।
उपभोक्ताबाट यी ब्रान्डका ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने गुनासो आएकाले थप काउन्टर राखेर बिक्री सुरू गरेको निगमले जानकारी दिएको छ । अतिआवश्यक परेका उपभोक्ता सँगै डिलरबाट ग्यास पाउन नसकेकाहरुले आजदेखि टेकु कार्यालयको परिसरबाटै ग्यास लिन सक्ने छन् ।
What's Your Reaction?





