काठमाडौंका यी स्थानमा आजदेखि साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं, १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ गतेदेखि २० गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुने, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
यस्तै कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा र कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजार क्षेत्रमा, कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा, कात्तिक १९ गते स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
What's Your Reaction?





