सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग
काठमाडौं, १४ असोज । सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश गरेको छ।
न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेश गर्न ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले मंगलबार सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् ।
यता, काठमाडौं अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न असोज १२ गते प्रहरीलाई अनुमति दिएको थियो ।
What's Your Reaction?





