जाने होइन -हुप्पी ल्यान्ड ?

 0  31
जाने होइन -हुप्पी ल्यान्ड ?

१९ ज्येष्ठ ०८२ | इन्द्र राई

गर्मी  बढेसँगै काठमाडौँको वाटर पार्क र स्विमिङ पुलहरुमा मानिसहरूको भिड बढेको छ | गर्मीबाट केहीबेर भएपनि राहत पाउन वाटर पार्क र स्विमिङ पुलहरुमा पुग्नेको सङ्ख्या बढ्दो छ | यस ज्येष्ठ महिनाको गर्मीको लागि उत्कर्ष  गन्तव्य बन्न सक्छ किर्तिपुर ६ चोभार स्थित "हुप्पी ल्यान्ड" वाटर पार्क जहाँ हरेक दिन मानिसहरूले भरिने गरेको छ।

बिहानको १० बजे देखि साँझ ५:३० बजे सम्म खुला रहने उक्त वाटर पार्कमा प्रवेश शुल्क प्रतिव्यक्ति रू ७५० को टिकेट काटेपछि दिनभरी रमाउन पाइन्छ। वृद्ध वृद्धा र तिन फिट भन्दा मुनिका बालबालिकाहरूलाई भने निशुल्क गरिएको छ | तिन फिट देखि चार फिट सम्मका बच्चाहरूको लागि  रु ४००/ प्रवेश शुल्क लाग्नेछ।

पार्कमा स्विमिङ लगायत विभिन्न खेलहरू पनि खेल्न सकिने ब्यवस्था छ। water slides / swimming /Frisbee / Ranger / Columbos / Jurassic Safari /Rain Dance जस्ता खेलहरू निशुल्क खेल्न सकिने छ भने अतिरिक्त शुल्क तिरेर अन्य खेलहरू जस्तै Bumper Car /Bhoot Ghar /Zipline /Happy Swing Car / Train/ VR Motions जस्ता खेलहरू पनि खेल्न सकिने छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow