विपिन जोशीको खोजीको लागि आमा र बहिनी इजरायल प्रस्थान

२७ श्रावण , काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल तर्फ लागेका हुन् ।
उनीहरूलाई नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।उनीहरूलाई इजरायल सरकारले नै लगेको बुझिएको छ । यसक्रममा विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजरायली नेताह, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट गराइने बताइएको छ ।
What's Your Reaction?






