जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाइओभरबाट सवारी सञ्चालन हुने

 0  31
जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाइओभरबाट सवारी सञ्चालन हुने

काठमाडौं, ११ जेठ । ललितपुरको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभर जेठ महिनाको अन्त्य सम्ममा संचालनमा आउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आइतबार बिहान फ्लाइओभर निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै अब जेठ महिनाभरिमा निर्माण कार्य पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारीसाधन सञ्चालन हुने बताएका हुन् ।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।

करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको फ्लाइओभर निर्माणको सुरु ठेक्का सम्झौताबमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा काम पूरा नभएपछि म्याद थप भई अहिले आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरिरहेको छ।

फ्लाइओभरअन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम धमाधम भईरहेको छ । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow