नेपालमा धेरै परिमाणमा लसुन आयात हुँदा पनि मूल्य भने उच्च नै

 0  29
नेपालमा धेरै परिमाणमा लसुन आयात हुँदा पनि मूल्य भने उच्च नै

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो समय लसुन आयात अस्वाभाविक भएको तथ्यांकले देखाएको छ । 

सरकारी अधिकारी ठूलो परिमाणमा लसुन नेपाल भित्रिनु अस्वाभाविक भएको बताउँछन् । उक्त लसुन भारततर्फ निकासी भएको हुन सक्ने उनीहरुको शंका छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) अवधिमा नेपालमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ ।

भन्सार विभागले बु्धबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ६ अर्ब ५५ करोड ६३ लाख ७२ हजार रुपैयाँको ४ करोड ९७ लाख ८९ हजार किलो लसुन आयात भएको हो । उक्त परिमाणको लसुन आयातबाट विभागले १ अर्ब ६७ करोड १६ लाख ८८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

चालु आव १० महिनामा चीन र भारतबाट लसुन आयात भएको तथ्यांकले देखाउँछ । वैशाखसम्म आयात भएको लसुनमध्ये ६ अर्ब ५० करोड २३ लाख २० हजार रुपैयाँको ४ करोड ९३ लाख २७ हजार ३ सय ६७ किलो लसुन चीनबाट आयात भएको छ।

यस्तै भारतबाट ५ करोड ४० लाख ५१ हजार रुपैयाँको मात्रै लसुन आयात भएको छ । अस्वाभाविक रूपमा लसुन आयात भए पनि लसुनको मूल्य भने घटेको छैन । धेरै परिमाण आयात हुँदा पनि लसुनको भाउ घटेको देखिँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow