नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय '५० र १ हजारको नयाँ नोट छाप्ने'

 0  46
नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय '५० र १ हजारको नयाँ नोट छाप्ने'

काठमाडौं, ७ जेठ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्। बुधबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर उनले गभर्नरको कार्यभार सम्हालेका हुन्।

१८औँ गभर्नरको रुपमा आजै शपथ लिएका पौडेलले  ५० र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । आजै कार्यभार सुरु गरेका उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने उनले प्रतिबद्धता जनाए।

 त्यस्तै राष्ट्र बैंकका नीतिगत निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पौडेलको भनाइ छ। ‘हामीले केवल नियम बनाएर मात्र हुँदैन, सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ’, उनले भने, ‘त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow