कात्तिक १२ देखि ३ दिन पदयात्री र विदेशी पर्यटकलाई पदयात्रा नगर्न विभागको अनुरोध

 0  6
कात्तिक १२ देखि ३ दिन पदयात्री र विदेशी पर्यटकलाई पदयात्रा नगर्न विभागको अनुरोध

काठमाडौं, ११ कात्तिक । खराब मौसमको जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले कात्तिक १२ गतेदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै कात्तिक १२ गतेदेखि १४ गतेसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएकाले जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने जनाएको छ ।

विभागले आजदेखि नै पदयात्रा अनुमति दिने काम बन्द गरिएको जानकारी समेत दिएको छ । उक्त क्षेत्रमा जाने पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन र त्यस अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा नगर्न नगराउन विभागले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow