सहकारी ठगी मुद्दामा रविसँग १ करोड धरौटी माग
काठमाडौं, ६ माघ । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले सहकारी ठगी मुद्दामा १ करोड धरौटी माग गरेको छ ।
न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा दायर मुद्दाको सुनुवाइ गर्दै रविसँग १ करोड धरौटी माग गर्ने निर्णय गरेको हो ।
आजै अदालतमा तारेखका लागि पुगेका रवि अदालतबाट चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।
What's Your Reaction?





