सुनको मूल्य ३ लाख नजिक, एकैदिन बढ्यो १० हजार ४ सयले

 0  16
सुनको मूल्य ३ लाख नजिक, एकैदिन बढ्यो १० हजार ४ सयले

काठमाडौं, ७ माघ । बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow