बिहीबार तोलामै ९ हजार ३ सयले बढ्यो सुनको मूल्य

 0  11
बिहीबार तोलामै ९ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ४ भदौ । नेपाली बजारमा आज बिहीबार सुन तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर मंहगिएको छ । आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै आज चाँदीको मूल्य पनि २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ मा कारोबार भईरहेको छ । हिजो बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow