२ केजी सुन र २४ लाख रुपैयाँ सहित पक्राउ 

 0  48
२ केजी सुन र २४ लाख रुपैयाँ सहित पक्राउ 

काठमाडौं, ६ साउन । काठमाडौंको ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिनकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् ।

प्रहरीका अनुसार बरामद सुन परीक्षण गरिसकेको र पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow