महासंघद्वारा नवनिर्वाचित व्यवसायिक नेतृत्वलाई सम्मान तथा बधाई

 0  12
महासंघद्वारा नवनिर्वाचित व्यवसायिक नेतृत्वलाई सम्मान तथा बधाई

काठमाडौं, जेठ ३१ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जेठ २९ गते महासंघको सभाहलमा हालै सम्पन्न निर्वाचनबाट विभिन्न पदमा निर्वाचित व्यवसायिक नेतृत्वलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।

महासंघद्वारा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एशोसियटतर्फको कार्यसमिति सदस्य पदमा निर्वाचित महासंघका विज्ञ परिषद् सदस्य कृष्णलाल महर्जन र शक्ति कुमार वेगानी, साथै कोषाध्यक्ष पदमा निर्वाचित आबद्ध सदस्य संस्थाका पूर्वअध्यक्ष मनिषलाल प्रधानलाई सम्मान गरिएको थियो।

यसै अवसरमा महासंघअन्तर्गत आबद्ध संस्था नेपाल सुनचाँदी कला व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) तथा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका नवनिर्वाचित अध्यक्ष खेम तिरुवालाई समेत बधाई ज्ञापन गर्दै सफल, उपलब्धिमूलक तथा प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित पदाधिकारीहरूले निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow