आफ्नो भनेर सार्वजनिक गरिएको अडियो एआईमार्फत बनाइएको खगेन्द्र सुनारको दाबी

 0  10
आफ्नो भनेर सार्वजनिक गरिएको अडियो एआईमार्फत बनाइएको खगेन्द्र सुनारको दाबी

काठमाडौं, २७ असोज । आफ्नो भनेर सार्वजनिक गरिएको अडियो एआईमार्फत बनाइएको दाबी गर्दै रास्वपा सांसद् खगेन्द्र सुनारले सत्यतथ्य छानबिनका लागि पार्टी र सरकार दुवैलाई सहयोग गर्ने बताएका छन् ।

मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सुनारले त्यो अडियो एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएको भन्दै आफूमाथि लागेको आरोप झुटो भएको दाबी गरेका छन्। 

प्रहरीभित्र भएको भ्रष्टाचारविरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताउँदै उनले सत्यतथ्य छानबिनका लागि कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताएका छन्।

उनले भनेका छन्, ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छुँ। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआईलगायत प्रविधि प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु। तर, भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु। यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु र ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छुँ।’

एक महिलालाई फोनमार्फत अपशब्द, धम्कीलगायत दिएर दुर्व्यहार गरेको भन्दै अडियो सार्वजनिक भएपछि अहिले सुनारको चौतर्फी आलोचना भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow