सुनचाँदी क्षेत्रका ३ वटा महासंघको संयुक्त कार्यक्रम

 0  70
सुनचाँदी क्षेत्रका ३ वटा महासंघको संयुक्त कार्यक्रम

काठमाडौं, २९ वैशाख । सुनचाँदी  क्षेत्रमा रहेका ३ वटा महासंघले संयुक्त रुपमा सुनचाँदी सम्बन्धी कार्यविधि २०८२  एवं वर्तमान अवस्थामा यस क्षेत्रसँग सम्बन्धित समसामयिक विषयक विचार गोष्ठीआयोजना गरेको छ ।

नेपाल रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ एवं नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशभित्र रहेका महासंघमा आबद्ध संघसंस्थाहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सुनचाँदी महासंघका महासचिव किरण भाइ बज्राचार्यले सुनचाँदी सम्बन्धी कार्यविधि २०८२  कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि नेपाल रत्न तथा आभुषण महासंघका सूर्य बराल एवं तुलक प्रसाद विश्वकर्माले टिप्पणी प्रस्तुत गरेका थिए । 

विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यपत्रमाथि सुझाव प्रस्तुत गर्दै अब चाँडै नेपाली सुनचाँदी व्यवसायीहरूले यस क्षेत्रसँग सम्बन्धित व्यवसायिक कार्यविधि पाउने विश्वास गरे । नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष रबिन्द्र शाक्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल सुनचाँदी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्य, नेपाल रत्न तथा आभुषण महासंघका उपाध्यक्ष प्रेम खाती लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

विशिष्ठ अतिथि एवं नेपाल रत्न तथा आभुषण महासंघका वरिष्ठ उपाध्यक्ष द्वारिका शंकरले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्दै कार्यपत्र जारी नभए सम्म यो सहकार्य रहने बताए । प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका वरिष्ठ उपाध्यक्ष डिएस रत्न शाक्यले सहभागीहरूले उठाएका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिए भने कार्यशालामा उठेका विषयवस्तु कार्यविधिमा समेट्न पहल गरिने बताए । 

काठमाडौंको अनामनगरस्थित किम्ची पार्टी प्यालेसमा सञ्चालित सो कार्यक्रमको अध्यक्षता नेपाल सुनचाँदी महासंघ बागमती प्रदेशका अध्यक्ष ज्योति रत्न बज्राचार्यले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल रत्न तथा आभुषण महासंघ प्रदेश अध्यक्ष हेम राईले गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow