राज्यले उपस्थिति नदेखाउँदा श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आयो : श्रममन्त्री भण्डारी

 0  25
राज्यले उपस्थिति नदेखाउँदा  श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आयो : श्रममन्त्री भण्डारी

काठमाडौं, ९ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानीलगायतका सबै कागजात वडा तहबाटै उपलब्ध गराउने गृहकार्यमा जुटिरहेको  बताएका छन् ।

बुधबार अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजातहरू लिँदा ठगीमा पर्ने तथा विभिन्न खालका झमेला व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न वडा तहबाटै राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात उपलब्ध गराउन आवश्यक रहेको बताएका हुन् ।

राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको बताएका छन् । राज्यले श्रमिकहरुको हितमा काम गर्न नसक्दा उनीहरुले दलालहरुको फन्दामा फस्नुपर्ने अवस्था आएको उनको भनाई थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow