रेशम पक्राउबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

 0  75
रेशम पक्राउबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

काठमाडौं, २२ वैशाख । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले सरकार छाड्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद चौधरीले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री वा गृहमन्त्रीले मंगलबारसम्म जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन् ।

सांसद् चौधरीले भने, ‘वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्तिबीच एकता गर्न सभा आयोजना गरिएका बेला कार्यक्रममा पुगेका रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍यायो। सर्वोच्चको पत्रको आधारमा उनलाई पक्राउ गरेको भनिए पनि त्यो पत्र सर्वोच्चका अधिकृत महिमानसिंह बिष्टले अनाधिकृतरुपमा लेखेको खुलेको थियो। सर्वोच्चले महिमानले लेखेको पत्रको खण्डन गर्दै रिहाइका लागि अर्को पत्र लेखेपछि चौधरी छुटेका थिए।’ 

उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनसम्ममा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow